पहिरोले मालिकामा ६३ हेक्टर जग्गा बाली सहित क्षति

बेनी, २ भदौ । यसै वर्षको पहिरो जन्य विपद्का कारण म्याग्दीको मालिका गाउपालिकामा ६३ हेक्टर खेतियोग्य जमिन सहित बाली क्षति भएको छ ।

गाउपालिकाको कृषि शाखाले पहिरो, बाढी र कटानका कारण खेतीबाली र जग्गा जमिनमा पुगेको क्षतिको विवरण संकलन गरेको हो । एक हजार २५९ रोपनी अथवा करिब ६३ हेक्टर जग्गा सहित बाली पनि पूर्ण रुपमा क्षति पुगेको कृषि शाखाका प्राबिधिक कबिता पौडेलले जानकारी दिनुभयो ।

संकलित क्षतिको विवरण गाउपालिका मार्फत कृषि ज्ञान केन्द्रको कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । ४०७ रोपनीमा लगाएको मकै, ३१५ रोपनीमा लगाएको कोदो, १०७ रोपनीमा लगाएको धान, ३१५ रोपनीमा लगाएको फलफूल, ११२ रोपनी दलहन र ३ रोपनीमा लगाएको आलु नष्ट भएको छ ।

मालिकाको सात वटै वडाबाट क्षतिको विवरण संकलन गरिएको हो । विपद्मा परेका कृषकहरुलाई राहत उपलब्ध गराउन गाउगाउमा पुगेर तथ्याङ्क संकलन गरिएको थियो । बिम र देविस्थान पहिरोबाट बढी प्रभावित भएका छन् ।

प्राप्त क्षतिको विवरण जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले अनुमोदन गरेर राहतका लागि संघीय र प्रदेश सरकारमा सिफारिस गरिने कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताउनुभयो ।

सबै स्थानीय तहका कृषि शाखा मार्फत पहिरो र सलह किराले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण संकलन भैरहेको उहाले बताउनुभयो । गत वर्षको असोज कात्तिक महिनामा असिनाले क्षति पु¥याएका बेनी नगरपालिका र मंगला गाउपालिकाका कृषकहरुलाई हालै एक करोड रुपैयाँ भन्दा बढी राहत वितरण गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: