रिलायन्सका कर्मचारीहरुद्धारा पहिरो पिडितलाई सहयोग

बेनी, १६ साउन । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनीका कर्मचारी र अभिकर्ताहरुले म्याग्दीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।

कम्पनीको बेनी शाखाले आयोजना गरेको एजेन्सी म्यानेजर सम्मान कार्यक्रममा सहभागि कर्मचारी र एजेन्सी म्यानेजरहरुबाट संकलित १५ हजार ५५५ रुपैयाँ शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलाई हस्तान्तरण गरिएको हो ।

कम्पनीका क्षेत्रीय प्रमुख सुदिपराज ढुङ्गाना, बेनी शाखाका प्रमुख मुक्तिप्रसाद पौडेल, कुश्मा उपशाखाका प्रमुख प्रशन्न पौडेल, बेनी शाखाका मार्केटिङ अफिसर ज्ञानु बानिया लगायतको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।

एजेन्सी म्यानेजर भेलाको अवसरमा बेनी शाखाका प्रमुख पौडेल र मार्केटिङ अफिसर बानियालाई गोल्ड स्ट्याडर प्रमोटरको सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट कारोबार गर्ने ४० जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: