म्याग्दीमा पाँच जनाले कोरोना जिते, तीन जना थपिए

बेनी, २० असार । म्याग्दीका पाँच जनाले कोरोना जितेका छन भने तीन जना नयाँ संक्रमित थपिएका छन् ।

बेनीको आइसोलेशनमा रहेका चार जना पुरुष र एक जना महिलाको दोस्रो पिसिआर नमुनाको नतिजा कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशनमा रहेका २ जना पुरुष र एक जना महिलाको दोस्रो पटक गरिएको नमुना परिक्षणको नतिजा पोजेटिभ आएको छ ।

कोरोनामुक्त भएका ५ जनालाई शनिबार घर पठाइने कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले जानकारी दिनुभयो । यसअघि म्याग्दीका ५ जनाले कोरोना जितिसकेका थिए । म्याग्दीमा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ ।

नयाँ थपिएका संक्रमितहरु विदेशबाट आएर म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेकाहरु हुन् । उनिहरुलाई आइसोलेशनमा लगिएका स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

भारतबाट आएका मंगला गाउपालिका–१ कुहुका २४ वर्षीय पुरुष, साउदी अरबबाट आएका रघुगंगा गाउपालिका–२ का २७ र भारतबाट आएका ३ पिप्लेको ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनिहरुको असार १४ गते पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न नमुना संकलन गरेर पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो । म्याग्दीबाट हालसम्म ४१२ वटा नमुना संकलन गरि पिसिआर जाँच गर्न पठाइएकोमा ३२४ वटाको नतिजा आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: