गण्डकीमा कोरोनाको परिक्षण दर बढाइने

बेनी, १२ असार । गण्डकी प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री विकास लम्सालले पिसिआर बिधिबाट कोरोनाको परिक्षण दर बढाउन लागिएको बताउनुभएको छ ।

आइसोलेशन, क्वारेन्टिन व्यवस्थापन, कोरोना संक्रमितको उपचार, बजार लगायतका विषयमा जानकारी लिन बेनी आउनुभएका मन्त्री लम्सालले सरोकारवालासँगको छलफलमा परिक्षणलाई तिब्रता दिन लागिएको बताउनुभएको हो ।

थप पिसिआर मेसिन खरिद गरेर परिक्षण दर बढाउने तयारी अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले बताउनुभयो । लम्साल लगायत प्रदेश स्तरीय अनुगमन टोलीका सदस्यहरुलाई कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाको गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो ।

२० जना क्षमताको आइसोलेशन रहेकोमा हाल १२ जना रहेका, दुई जना निको भएर घर गएका बताउनुभयो । जिल्लाभर २७८ जना क्षमताको क्वारेन्टिन बनाएको र आवश्यकता अनुसार विस्तार गर्न सकिने प्रजिअ ढकालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: