स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित)

बेनी, ३ असार । कोरोना महामारीको बिचमा स्थानीय तहहरु आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम चरणमा पुगेका छन् । संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । यसै सन्दर्भमा नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम स्थानीय सरोकारमा स्थानीय तहका बजेटका प्राथमिकताका विषयमा विज्ञहरुसंग छलफल भएको छ ।

कार्यक्रम मार्फत राष्ट्यि योजना आयोगका सदस्य मिनबहादुर शाही, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र संयुक्त राष्ट्संघ विकास कार्यक्रम (युएनडिपी)का सहायक आवासीय प्रतिनिधि यामनाथ शर्माको सुझाव प्रस्तुत गरिएको छ । जुन स्थानीय तहको नीति, तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेका जनप्रतिनिधि तथा अधिकारीहरुका लागि उपयोगी सुझाव हुन सक्छ ।

भिडियो हेर्नका लागि यो लिंकमा जानुहोला ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: