करेन्ट लागेर दुवै हात गुमाएका युवालाई पौने पन्ध्र लाख सहयोग

बाबियाचौर, २३ जेठ । करेन्ट लागेर दुवै हात गुमाएका म्याग्दीको मंगला गाउपालिका–२ बाबियाचौरका एक युवालाई पौने पन्ध्र लाख रुपैयाँ सहयोग जुटेको छ ।

गत वैशाख ११ गते दरवाङमा विद्युत मर्मतको काम गर्ने क्रममा करेन्ट लागेर बाबियाचौरका खिमबहादुर पुनको दुवै हात गुमेको थियो । पुनको उपचार र जिविकोपार्जनका लागि सघाउने उद्देश्यले मंगला युथ क्लव र लायन्स क्लव अफ म्याग्दी मंगलाले सञ्चालन गरेको अभियान मार्फत चौध लाख ७३ हजार २१ रुपैयाँ संकलन भएको हो ।

कमजोर आर्थिक अवस्थाका पुनको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । संकलन भएको रकम शुक्रबार बाबियाचौरमा पुनकी भाउजु मिना पुनलाई हस्तान्तरण गरिएको छ । अस्टे«लीयाबाट चार लाख ७३ हजार ९१८ र अमेरिकाबाट सात लाख ८७ हजार ८५२ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

बाबियाचौर र आसपासका ठाउमा सञ्चालन गरिएको अभियानबाट मंगला युथ क्लवले दुई लाख ११ हजार २५१ रुपैयाँ जुटाएको थियो । क्लवका अध्यक्ष विकास केसी, सचिव गणेश गिरी, कोषाध्यक्ष सुवा विश्वकर्मा, सहसचिव राजकुमार पाण्डे र सदस्य बिराज सापकोटाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

पुनको लागि बेलायत, कोरीया, बेल्जियम, जापान लगायत देशमा रहेकाहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको मंगला युथ क्लवका सचिव गिरीले बताउनुभयो । खिमका दाजु कर्णबहादुर पुनको नाममा गरिमा विकास बैंकको बाबियाचौर शाखामा ०२३०१९००६४६२४१०००००१ र मंगला युथ क्लवले पश्चिम नेपाल सहकारी संस्था लि. बाियबाचौरमा एम आर –०५–१०६४ नम्बरको खाता खोलेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: