काफ्लेको कोरोना सम्बन्धी सन्देशमुलक गित सार्वजनिक (भिडियो सहित )

बेनी, १० जेठ । गायक तथा संगितकार नेत्र काफ्लेको कोरोना भाइरससँग लड्नका लागि सन्देशमुलक गित सार्वजनिक भएको छ ।

सबिन पथिकको शब्द रचना रहेको गितमा काफ्लेको स्वर र संगित रहेको छ । गित मार्फत कोरोनाबाट बच्नका लागि लकडाउनको पालना गर्न, भिडभाडमा नजान, शंका लागेमा स्वास्थ्य संस्था जान, घरमै बस्न, नियमित मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि सचेतना फैलाउने उद्देश्यले गित तयार पारेको काफ्लेले बताउनुभयो । बिग एचडी परिवेश स्टुडियोमा जिवन बडुले गितको रेकर्ड गर्नुभएको थियो ।

चैतको पहिलो हप्ता रेकर्ड भएको गितमा सन्देशमुलक दृष्यहरु समेटेर हालै म्युजिक भिडियो तयार पारिएको हो । बेनीको नमस्ते म्याग्दी डिजिटल फोटो स्टुडियोका कृष्णराज पौडेल र सन्तोष गौतमले भिडियो तयार पार्नुभएको हो । कुलचन्द्र नेपालद्धारा अंग्रेजी भाषामा गितलाई अनुवाद गरिएको छ ।

गित निर्माणमा स्वास्थ्य कार्यालय म्याग्दी, बेनी अस्पताल, म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, संगम म्याग्दीसँग सहकार्य गरिएको छ । जिसी गु्रुपका अध्यक्ष नारायण जिसीले गितको म्युजिक भिडियो निर्माणमा महत्वपूर्ण सल्लाह सुझाव एवम् योगदान गर्नुभएको निर्माण पक्षले बताएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: