चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । केही फिल्म स्टारहरु निर्माण कम्पनीसँग दुई खालको सम्झौता गर्ने गरेको बताईएको छ ।

एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् । कर तिर्दा देखाएको रकम सामान्य कलाकारको भन्दा पनि कम देखिएपछि उनीउपर छानविन भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: