प्रभु समूहका थकालीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी, २६ वैशाख । प्रभु समूहका बिनोद थकालीले मालिका गाउपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

मालिका गाउपालिका–४ ओखरबोट घर भई हाल काठमाडौ विासी थकालीले आफ्नो पेन्सन आम्दानीबाट साठी हजार रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
मालिका गाउपालिकाका ७ वटा स्वास्थ्य संस्थालाई पाँच पाँच थान व्यक्तिगत सुरक्षा सामग्री –पिपिइ) र थर्मल गन उपलब्ध गराउनुभएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि उहाँले सामग्री सहयोग गर्नुभएको हो ।

थकाली प्रभु ग्रुप अन्तरगत प्रभु मार्केटीङका अध्यक्ष हुनुहुन्छ । प्रभु बैंक दरवाङका प्रबन्धक बिपिन चोखालले मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्मालाई शुक्रबार सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: