‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ?

चलचित्र ‘हजार जुनी सम्म’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् ।  नायिका स्वस्तिमा खड्का यसअघिनै चलचित्रमा फाइनल भएकी थिईन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको वुझिएको छ ।

यस्तै, चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ । चलचित्रका लागि आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भैसकेका छन् । यो चलचित्रका लागि एकजना नयाँ नायक पनि फाइनल गरिएको छ । दिल्लीमा बस्दै आएका अकी प्रधान चलचित्रका लागि फाइनल भएको वुझिएको छ । अकी चलचित्रका लागि संझौता गर्न एक दिन मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन् । चलचित्रलाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् । चलचित्र तिहार पछि फ्लोरमा जाने बताईएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: