मालिका गाउपालिकाले कोरोना रोकथामका लागि बिस लाखको कोष बनायो

बेनी, १४ चैत ः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ (नोबेल कोरोना) भाइरस रोकथामका लागि म्याग्दीको मालिका गाउपालिकाले रु. बिस लाखको आकस्मिक कोष स्थापना गरेको छ ।

रोकोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आकस्मिक कोष स्थापना गरेको अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

दरवाङको छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा ८ शैया क्षमताको आइसुलेसन सहितको अस्थाई अस्पताल बनाइएको छ । विभिन्न वडामा सचेतनामुलक कार्यक्रम, माइकीङ, विदेशबाट पछिल्लो समय घर फर्कीएकाहरुको लगत संकलन गरिएको उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

उहाँका अनुसार बागलुङको तमानखोलाबाट मालिका गाउपालिकामा आउने जाने बाटोमा पर्ने सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । शंकास्पद बिरामीहरुको उपचारका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकलाई तयारी अवस्थामा राखिएको छ । ८ सेट व्यक्तिगत सुरक्षाका सामग्रीको समेत व्यवस्थापन गरिएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: