चिन र इटलीबाट सिकौ

बेनी, ११ चैत । छिमेकी देश चिनमा कोरोना फैलिदा लापरबाही गरेको इटली, स्पेन जस्ता देशले अहिले ठूलो मानवीय मूल्य चुकाउनुपरेको छ । अमेरिका र युरोपले कोरोना भाइरसलाई सुरुआती चरणदेखि नै गम्भीर तवरमा लिएन् । इटालीले बेलैमा ‘लकडाउन’ गरेको भए यस्तो भयावह अवस्था हुने थिएन । चीनले सम्भावित संक्रमणबाट जोगिन आफ्ना नागरिकलाई कडा अनुशासनमा राख्न सकेकै कारण थप संक्रमण र क्षति हुन पाएन । चिनले कोरोना नियन्त्रण भएको घोषणा गर्दै विश्व समुदायलाई सहयोग गर्न थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ( ले चेतावनी दिँदादिँंदै पनि केही ‘नपरी नचेत्ने’ मनस्थितिमा पुगेका कारण यो संक्रमणले विश्वलाई नै गाँजेको छ । नेपालमा पनि सरकार र नागरिकले दोस्रो विश्व युद्ध पछिको भयाबह अवस्था आकलन गरिएको कोरोनाबाट जोगिन समयमै सतर्कता र पुर्व तयारी सुरु हुन सकेन् । नेपालको स्वास्थ्य क्षेत्रको संरचना, पूर्वाधार, कर्मचारीतन्त्रको सेवा प्रवाह गर्न सक्ने क्षमता र नियत आदि मूल्यांकन गरी नेपाललाई उच्च जोखिमको मुलुकको रूपमा घोषणा गरेको छ विश्व स्वास्थ्य संगठनले । छिमेकी देश भारतमा तिब्र रुपमा कोरोना फैलिन र नेपालमा पनि यसका बिरामी भेटिएपछि सरकारले मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरेको छ ।

सरकारले सोमबार सम्म हवाईजहाज निर्वाध आउन दिइरह्यो । सीमा नाका खुकुलो छ । हवाई र स्थलमार्ग दुवैबाट नागरिकको स्वास्थ्यमा ठूलो चुनौती देखिन्छ । चीन र इटालीबाट नेपालले पाठ नसिक्ने हो भने आम नागरिकको भविष्य जोखिममा छ । नेपालमा हालसम्म दुई जनामा कोरोना पोजिटिभ भेटिएको छ । एक जना निको भएर घर फर्कीएका छन् । सोमबार भेटिएकी एक बिरामीको उपचार भैरहेको छ । नयाँ बिरामी भेटिएपछि सरकारले कडा कदम चालेको छ लकडाउनको । म्याग्दी हुदै केही दिनअघिसम्म छिमेकी जिल्ला मुस्ताङमा निर्वाध रुपमा भारतीय, तराई र राजधानी लगायत ठाउका मानिहरुको लर्का लाग्यो । कोरोनाको जोखिमलाई मध्यजनर गरेर सरकारले लकडाउनको तयारी गरेसंगै मानिसहरुले बिदाको रुपमा बुझेर लापरबाही गर्दै भ्रमणमा निस्किए । सहरबजारबाट गाउ गएकाहरु र बिदेशबाट आएकाहरु घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेमा संवेदनशिलना नबुझी भेटघाट र घुमघाममा व्यस्त छन् । संवेदनशिल अवस्थाको ख्यालै नगरी लकडाउनलाई बिदाको अवसरका रुपमा बुझ्नु नागरिकको कमजोरी र दुुसप्रयास हो ।
लकडाउन भएपछि नेपालको राष्ट्रिय, अन्तराष्ट्रि हवाई र स्थलमार्गबाट यातायात सम्पर्क बिच्छेद भएको छ । देशभित्रै पनि एक ठाउबाट अर्को ठाउँमा जान पुर्ण रुपमा प्रतिबन्ध लागेको छ । ढुवानी, सुरक्षा, स्वास्थ्यकर्मीले प्रयोग गर्ने बाहेकका यातायातका साधनलाई आवत जावतमा रोक लगाइएको छ । सरकारले नागरिकलाई घरभित्रै सुरक्षित रुपमा बस्न भनेको भनेर बुझ्नुपर्छ । खाद्यान्न, तरकारी, औषधी खरिदका लागि दिउसोको समय तोकिएको छ । लकडाउन राज्यका लागि नभएर नागरिकको स्वास्थ्य र सुरक्षाका लागि हो । राज्यले उठाएको यो कदमलाई सहयोग गरेर सुरक्षित हुन र कोरोनाको संक्रमणबाट जोगिनुनै नागरिकको सतर्कता आवश्यक देखिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: