जलजलाको कालञ्जरमा आयोजित महायज्ञ स्थगित

बेनी, ९ चैत । पर्वतको जलजला गाउपालिकाको धार्मिक पर्यटकीय स्थल कालञ्जर पर्वतमा आयोजना गरिएको महायज्ञ स्थगित भएको छ ।

जलजला गाउ कार्यपालिकाको लामाखेत स्थित कार्यालयमा शनिबार बसेको कार्यपालिकाको बैठकले बैशाख १ गतेदेखि सुरु हुने भनिएको महायज्ञ स्थगित गर्ने निर्णय गरेको हो ।

ओझेलमा परेको कालञ्जर पर्वतको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आयोजक समिति गठन गरेर तयारी गरिएको थियो ।

कोरोना भाइरस भित्रने जोखिमलाई मध्यजनगर गरेर महायज्ञ स्थगित गर्नुका साथै सतकर्ता अपनाउने निर्णय गरिएको कार्यपालिकाका प्रवत्ता देविन्द्र भण्डारी (रवी)ले बताउनुभयो । यसैगरी जलजला गाउपालिकाले कोरोना संक्रमित नागरिकलाई निशूल्क एम्बुलेन्स सेवा सहित उपचार गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आग्रह समेत गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको छ ।

कार्यपालिकाका प्रवत्ता भण्डारीका अनुसार बैठकले पर्वत बेनी देखि म्याग्दीको बेनी नगरपालिका–२ खबरा जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्मााणका लागि गण्डकी प्रदेश सरकारमा प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । यसैगरी जलजला गाउपालिका ५ लेकफाटमा शुक्रबार परेको चट्यागबाट घर क्षत्ति भएका पिडितलाई राहत उपलब्ध गराउने निर्णय भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: