कलाकार रिजालको गित छायाँकन

बेनी, २९ फागुन । म्याग्दीका नवगायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ ।

मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य र कोरियोग्राफ होम गुरुङले गर्नु भएको छ । छायाँकन गणेश सापकोटाको रहेको छ । गायक रीजालको शब्द र अमित बिश्वकर्माको लय सृजना रहेको उक्त गीतमा रीजाल र लोक गायीका रीना केसीको स्वर रहेको छ ।

अमित बिश्वकर्मा र शान्ता परियारको कोरस आवाज रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नु भएको हो । माया पिरतिमा आधारित गीत सम्झना को म्युजीक भिडियो डिजिटल स्टारबाट केही दिनमा बजारमा आउने गायक रीजालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: