सीबी मीडिया ग्रुप

सीबी मीडिया ग्रुपद्वारा सञ्चालित सीबी खबर डटकम विसं २०७६ श्रावण ७ गते ( २०१९ जुलाई २२ ) देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । देश तथा विदेशमा रहेका क्रियाशील युवा पत्रकार सहितको टिमबाट यस अनलाइनको सुरुवात गरिएको हो । हामीहरू यहाँहरूबिचमा सूचना , समाचार प्रसारणका लागि सीबी खबर डटकमको रूपमा आएका छौ । सीबी ग्रुपको ब्राण्डकै रूपमा सीबी खबर डट कम यहाँहरूबिचमा सत्य,तथ्य , निष्पक्ष खबर प्रकाशनमा हामीहरू निरन्तर लाग्ने प्रतिबद्दता जनाउदछौ । आज भन्दा ३ वर्ष अगाडी सीबी ट्राभल्स एण्ड टूर्सका रूपमा सुरु भएको हाम्रो यात्रा आजबाट संचार क्षेत्रलाई पनि समेटने गरि सुरु भएको छ । स्वदेशदेखी विदेशसम्मका विविध गतिविधिहरू तथा समाचारहरू सत्य तथ्य रूपमा प्रसारण गर्नु हाम्रो पहिलो ज़िम्बेवारी रहनेछ ।अनलाईन समाचार संप्रेषणका लागि हजारौ संचारकर्मीहरू साथीहरूको बिचमा प्रतिष्पर्धा भन्दा पनि सही सूचना संप्रेषण गर्नु हाम्रो मुख्य दायित्व रहनेछ ।यहाँहरू सम्पूर्ण पाठकवर्ग,विज्ञापनदाता,शुभचिन्तक महानुभावहरू सम्पूर्णको साथ,सहयोग र सल्लाहासुझाव अनुसार अघि बढ्ने प्रण गर्दछौ । हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । सीबी खबरको माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हुनेछ ।

 धन्यवाद 

सीबी मीडिया ग्रुप

Scroll to Top
%d bloggers like this: