पोखरेबगरमा नेकपाका संगठित सदस्यलाई प्रशिक्षण

पोखरेबगर, २ कात्तिक । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार नेकपाका संगठित सदस्यहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दशैं, तिहार, छठ र नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदानका साथै समसामयिक राजनीतिक विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद तथा नेकपाको प्रदेश कमिटि सदस्य बिनोद केसीले एकतालाई बलियो बनाउदै पार्टी र सत्ताको कामलाई समन्वय तथा व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा प्रदेश र संघीय सरकारले विभिन्न विकास निर्माणका कामलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै ती योजनाहरुको प्रभावकारी कार्यान्वयन र सदुपयोगमा सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा नेकपाका नेता देवेन्द्रबहादुर केसीले पार्टीको अनुशासन र निर्देशनको पालनामा गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले शुसासन, विकास र सम्बृद्धीको नारालाई सार्थक बनाउन कार्यकर्ता तहबाट पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेकपा अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्ण पाइजाको सञ्चालन र वुद्धी पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा कमिटिका अध्यक्ष र जनप्रतिनिधिहरुले संगठन र सत्ता मार्फत भएका कामको बारेमा जानकारी गराएका थिए ।

Scroll to Top
%d bloggers like this: